FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

सुवर्ण गाउँपालिका नेपालको संविधान २०७२ बमोजिम गठित स्थानिय तह पुन: संरचना आयोगको सिफारिस बमोजिम साविकको गा.वि.स. कवहीगोठ, बागही, हर्दिया, प्रशुरामपुर(वडा नं. २,३,४,५,६,७,८,९), मझरिया(वडा नं. १,२,३,४,५,६,७ र ९) तथा बडकी फुलवरिया(वडा नं. १,७,८ र ९) हरुलाई समायोजन गरी स्थापना भएको हो । यस सुवर्ण गाउँपालिकाको नामाकरण प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा कवहीगोठका राजा सुवर्ण शमसेर ज.ब.रा.को नामबाट भएको हो । सुवर्ण गाउँपालिकाको हालको कुल जनसंख्या ३५१४१ रहेकोमा पुरुष १८१६८(५१.१%) र महिला १६९७३(४८.३%) रहेको छ । सुवर्ण गाउँपालिकाको कुल क्षेत्रफल ३६.८४ वर्ग कि.मि. रहेको छ । यस गाउँपालिकाको केन्द्र साविक गा.वि.स. कवहीगोठ रहेको छ । यस सुवर्ण गाउँपालिकामा विधालय, स्वास्थ्य चौकी, ईलाका हुलाक कार्यालय, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बेश लगायतका कार्यालयहरु रहेको छन । यस गाउँपालिकाको पुर्वमा पचरौता नगरपालिका, पश्चिममा देवताल गाउँपालिका, उतरमा महागढीमाई नगरपालिका र दक्षिणमा छिमेकी मित्र राष्ट्र भारतको सिमाना रहेको छ ।

२०७८ को जनगणनाको  आधारमा

श्रोत Link:-https://censusnepal.cbs.gov.np/results/np/population?province=2&district...

जन प्रतिनिधि